देश

सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन एमाले र कांग्रेसको ‘ह्वीप’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन नेपाली कांग्रेस र नेकपा एमालेले ‘ह्वीप’ जारी गरेका छन् ।

दुवै दलले संसदीय दलको बैठकबाट निर्णय गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन् । एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलको नेतृत्वमा धनगढीमा शुक्रबार बसेको दलको बैठकले सोडारीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

नेकपा एमालले आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थित भएर तटस्थ नबसी सोडारीको विपक्ष मतदान गर्न भनेको छ । संसदीय दलको बैठकमा उपसभामुख बाहेक सम्पूर्ण १० जनाकै उपस्थित थियो । कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै संसदीय दलले ह्वीप जारी गरेको जानकारी दिए ।

मुख्यमन्त्री सोडारीले आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत नदिने जनाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *