देश

नरभक्षी बङ्गाल टाइगर नियन्त्रणमा

कञ्चनपुर । बिहीबार खेतबारिमा काम गरिरहेकी २२ वर्षीया महिलाका आक्रमण गरी ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा परेको छ ।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ नम्बरमा रहेको उखुवारिमा लुकेको अवस्थामा नरभक्षी बाघ पक्राउ गरिएको हो ।

शुक्रबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्रविधिसहितको टोलीले चार वटा हात्तीको सहयोगमा अचेतपारि बाघ नियन्त्रणमा लिएको हाे । उक्त भाले बाघ बङ्गाल टाइगर रहेको बताइएको छ ।

उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज लागिने भएको छ ।उक्त बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय महिला हिरा साहुको मृत्यु भएको थियो । ​​​

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *