राजनीति

एमालेको विदेश विभाग प्रमुखमा रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ ।

बिहिबार होटल बसेरामा बसेको सचिवालय बैठकले कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हाे ।

यसअघिका विदेश विभाग प्रमुख रहेका राजन भट्टराईलाई भने बागमी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *