देश

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

सुर्खेत।कर्णाली करिडोर अन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो।

पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । सडक खुलाउने प्रयास भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *