देश

गोरखाको धार्चेमा पहिरोले पाँचजना बेपत्ता, दुई घाइते

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका-५ रिसामा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् । अन्य दुईजना घाइते भएका छन् ।

आज बिहान करिब तीन बजेतिर पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा पाँचजना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

घटनबारे खबर प्राप्त हुनासा बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रजिअ दाहालले जानकारी दिए । हालसम्म बेपत्ता भएका र घाइते भएकाको पहिचान खुल्न सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *