
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द गरिएको छ । धावन मार्गमा मार्किङका लागि विमानस्थल एक घण्टाका लागि बन्द गरिएको हो ।
शनिबार ४ बजेपछि विमानस्थलमा अवतरण र उडान रोकिएको हो । एक घण्टाका लागि विमानस्थल बन्द हुँदा कतार एयरवेजको विमान होल्डमा परेको छ । सो विमान भारतको आकाशमाथि होल्डमा छ ।