खेलकुद

एसिया कप खेलेर फर्कियो महिला टोली

काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप क्रिकेट खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ ।

प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल स्वदेश फर्किएको हो ।

प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।
पछि नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भयो ।

नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् । यता, समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *