देश

दाेलखाकाे प्रसिद्ध भीमेश्वरकाे शिलामा पुनः पसिना

काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वरको सिलामा पुनः पसिना आएको छ । भीमसेनको मूर्तिमा बुधबार दिउँसाे १२:४५ बाट शिलामा पसिना आएकाे भीमेश्वर गुठि व्यवस्थापन समितिले जनाएकाे छ ।

शनिबारमात्र भीमेश्वरकाे शिलामा दुईपटक पसिना आएकाे थियाे । दिउँसो १ः४७ बजेदेखि २ घण्टाभन्दा बढी सिलाको बायाँ भागबाट पसिना आएको थियाे ।

सिलामा पसिना आउँदा अनिष्टको सूचकका रूपमा लिने जनविश्वास छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *