देश

जहाज दुर्घटनामा सौर्य एयरलाइन्सका ४ उच्च अधिकारीको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एयरलाइन्स व्यवस्थापन टिमका ४ जनाको मृत्यु भएको छ ।

आज बिहान भएको जहाज दुर्घटनामा सौर्य एयरलाइन्सका ४ उच्च अधिकारीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागरकुमार आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्मा रहेका छन् । उनीहरू सौर्य एयरलाइन्सका उच्च तहका कर्मचारी हुन् ।

१९ जना सवार विमानमा १८ जनाको मृत्यु भएको थियो । उक्त जहाजका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भएका छन् । उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *