रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले राजीनामाको घोषणा गरेका छन् । विश्वासको मतका लागि डाकिएको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । अल्पमतमा रहेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनका लागि यो बैठक आह्वान गरिएपनि उनी त्यो प्रक्रियामा गएनन् ।
सदनमा सम्बोधन गर्दै उनले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको जिकिर गरे ।




