काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामाको घोषणा गरेका छन्।
आफू अल्पमतमा परेपछि विश्वासको मत लिन आइतबार बोलाएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
प्रदेश सभाको आजको बैठकका बोल्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामा रहेका दुई ठूला दल मिलेपछि विश्वासको मतले सार्थकता नपाउने भन्दै उनले विश्वासको मत नलिई मार्गप्रशस्त गर्ने बताएका थिए।
उनले माओवादी केन्द्रले सदनमा नयाँ संस्कारको जग बसालेको दाबी पनि गरे। आगामी दिनमा माओवादी केन्द्रले प्रदेश सभामा परिपक्व, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए।
मुख्यमन्त्री जम्कट्टेलले राजीनामाको घोषणा गरेसँगै प्रदेश सभाको सम्पूर्ण कार्यसूची हटाइएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बताए।




