राजनीति

देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान नयाँ सरकार बनेको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रश्ताव प्रश्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

देशप्रति आम जनताको भरोसा टुटेको डर लाग्दो अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको बताए ।उनले सरकारले सो काम गर्नेमा ढुक्क हुन पनि आग्रह गरे ।

‘मलाई सबैभन्दा डर लागेको देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था छ । देशमा व्याप्त यही गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’उनले भने,‘यसमा सबै स्पष्ट हुनुभए हुन्छ । जनतामा भरोसा जगाउने गरी काम गर्न हाम्रो सरकारको मुख्य ५ वटा प्राथमिकता रहेका छन । पहिलो प्राथमिकता थालेको काम सक्ने ।’

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था दयनीय रहेको पनि उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *