बागमती प्रदेश

कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने

काठमाडौं ।कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

शुक्रबार ललितपुरस्थित सम्पर्क कार्यलयमा बसेको कांग्रेस बागमती प्रदेश समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेश सभामा लिन लागेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

प्रदेश समिति सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको समेत उपस्थिति थियो।

बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा एमालेसहितको सरकार बनाउने कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनले यसअघि नै निर्णय गरिसकेको छ।

अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *