खेलकुद

युएईविरुद्ध सम्झना खड्काको शानदार अर्धशतक

काठमाडौं । युएईविरुद्ध नेपालकी ओपनर सम्झना खड्काले अर्ध शतक प्रहार गरेकी छन् ।

खड्काले ३५ बलमा अर्धशतक बनाइन् । उनले ८ चौका प्रहार गरिन् ।

खड्काको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो ।

जितका लागि ११६ रनको लक्ष्य पच्छाएको नेपालले २ विकेट गुमाउँदै १३ औँ ओभर सकिँदा ८७ रन बनाएर खेलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *