खेलकुद

यूएईले दियो नेपाललाई ११६ रनको मध्यम लक्ष्य

काठमाडौं। श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी(२० महिला क्रिकेटको पहिलो खेलमा यूएईले नेपाललाई ११६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन जोड्यो ।

यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । यसैगरी पाँचौँ नम्बरकी ब्याट्र कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईले अतिरिक्त रुपमा केवल दुई रन पायो ।

नेपाली टोलीका लागि कप्तान इन्दू बर्माले तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे ।

प्रतियोगीतामा नेपाल समूह ‘ए’मा छ । सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *