
नयाँदिल्ली । भारतले क्रिकेटको टी–२० र एक दिवसीय क्रिकेट फर्म्याटका लागि कप्तानको घोषणा गरेको छ । आउँदो जुलाई २७ बाट श्रीलङ्काविरुद्ध हुने टी–२० सिरिजका लागि भारतीय क्रिकेट बोर्डले सूर्यकुमार यादवलाई कप्तानीको जिम्मा दिएको छ भने एक दिवसीय म्याचको कप्तानी रोहित शर्माले गर्नेछन् ।
रोहित यसअघि भारतको तीन वटै फर्म्याटका कप्तान थिए । तर, उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि सूर्यकुमारलाई जिम्मा दिइएको हो । भारतले २७ जुलाईदेखि श्रीलङ्काविरुद्ध टी–२० सिरीज खेल्ने छ भने २ अगस्टदेखि एकदिवसीय सिरिज खेल्ने छ ।
बोर्डले शुभमन गिललाई टी–२० र एकदिवसीय टीमका लागि उपकप्तान नियुक्त गरेको छ । भारतीय टीमका दुई सबैभन्दा सिनियर खेलाडी रोहित शर्मा र विराट कोहलीले श्रीलङ्काविरुद्धको एक दिवसीय खेल खेल्ने छन् । योसँगै बोर्डले एक दिवसीय र टी–२० का लागि टीमको पनि घोषणा गरेको छ ।
एक दिवसीय टीम
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल (विकेट कीपर), ऋषभ पन्त (विकेट कीपर), श्रेयष अय्यर, शिवम दुबे, कुलदीप यादव, मोहम्मद सिराज, वाशिङ्गटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्षर पटेल, खÞलील अहमद र हर्षित राना ।
टी–२० टीम्
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जायसवाल, रिंकू सिंह, रियान पराग, ऋषभ पन्त (विकेट कीपर), सञ्जू सैमसन (विकेट कीपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वाशिङ्गटन सुन्दर, रवि बिश्नोई, अर्शदीप सिंह, खलील अहमद र मोहम्मद सिराज ।