काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा नुवाकोटका उदयमान युवा व्यावसायी राजिव पाण्डे अत्यधिक मतसहित निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको परिषद्को २८ \२९औं वार्षिक साधारणसभा तथा निर्वाचन मार्फत तीन जना उपाध्यक्षमध्ये पाण्डे सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन् । उनले ७४९ मत ल्याएका छन । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले उपाध्यक्षका तीन पद मध्ये लागि राजीव पाण्डेले ७४९ मत ल्याए निर्वाचित भएको जानकारी दिइन् । उपाध्यक्षमा निर्वाचित भएका सहदेव धमलाले ६१८ र श्रीकृष्ण थपलियाले ५२१ मत प्राप्त गरेका छन् ।
यस्तै अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी भवीश्वर शर्मालाई ११२ मतले पराजित गदै ५६२ मत प्राप्त गरेर अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अधिकारीका प्रतिस्पर्धी भवीश्वर शर्माले ४५० मत प्राप्त गरेका थिए ।
परिषदको महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भए । सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर लामा, सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएका छन् । कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार एक सय ९३ जनाले मतदाता रहेकोमा एक हजार ३१ मतदाताले मतदान गरेका थिए ।






