
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् । सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आवाहन गरेका थिए ।