देश

भोटेकोशीमा फेरि पनि आयो बाढी, हाईड्रोले हटायो अवरुद्ध सडक

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीमा चारबर्ष अघिको घटनालाई पुनः स्मरण गराउने खाल्को बाढी आएको छ । असार ३० गते राती परेको अविरल वर्षाका कारण बाह्रबिसे तातोपानी सडक खण्ड अवरुद्ध बनेको छ । चार वर्षअघि बाढी आउँदा उक्त क्षेत्रमा अरबौंको भौतिक र मानवीय क्षति समेत भएको थियो । तर अहिले मानवीय क्षति भने भएको छैन् ।

अवरुद्व सडक खण्डको लिपिङ, सिरिचौर, झिर्पु, डाक्लाङ लगाएतको क्षेत्रमा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाको मेशिनले पहिरो पन्छाउँदै अवरुद्ध सडकलाई खुलाउने काम भएको छ ।

निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाले अवरोध खुलाई अरनिको राजमार्ग पुनः संचालनमा ल्याईएको आयोजना प्रमुख इन्जिनियर उमेश पराजुलीले जानकारी दिएका छन् । इन्जिनियर पराजुलीका अनुसार इलेक्ट्रो पावर कम्पनी प्रवर्धित भोटेकोशी–१ जलविद्युत आयेजनाबाट २ वटा इस्काभेटर, ६ वटा ट्रिपर, १ वटा लोडर र १ वटा जेसिभि दिनैभरि संचालन गरि अरनिको राजमार्ग खुलाएर सवारी साधनलाई संचालनमा ल्याएको हो ।

यसैबीच निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाले वर्षातको समयमा हुने विपद्का घटनाहरुको न्यूनीकरण होस् भन्ने उद्देश्यले भोटेकोशी गाँउपालिका वडा नं १ को तुसारे,–४ को सुनखानी, थामीगाँउ, फुल्पिङकट्ठी र भोटेकोशी ३ दुगुनाका लक्षित वर्ग तथा विपन्न परिवारलाई ४०० थान त्रिपाल समेत वितरण गरेको आयोजना प्रमूख पराजुलीले जानकारी गराएका छन् । त्यसैगरी आयोजनाले भोटेकोशी गाउँपालिका वडा नं ४ सुनखानी, थामी गाउँमा रहेको श्री महांकाली देवी आधारभुत विद्यालयलाई आवश्यक मर्मत संभार गरी नमूना विद्यालय बनाउनका लागि स्थानीयसंग प्रतिवद्वता व्यक्त गरेको आयोजना प्रमुख उमेश पराजुलीले बताएका छन् ।

आयोजनाले यसअघि पनि बाढीपहिरोबाट प्रभावित स्थानीयलाई जोखिम नपरोस भन्दै सयौं थान त्रिपाल लगाएतका बन्दोवस्तीका सामान वितरण गरेको थियो । त्यस्तै आयोजनाले सामाजिक उत्तरदायित्व अन्र्तगत प्रभावित बासिन्दालाई खानेपानी, मठमन्दिर, पाटीपौवा, स्कुल स्वास्थ्य लगाएत पुर्वाधारहरु निर्माण गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *