काठमाडौं। नेपाली कांग्रेसले अग्रगमनका लागि संविधानलाई थप उन्नत बनाउने गरी संशोधन गर्न लागिएको बताएको छ। संसद्मा प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै यस्तो दाबी गरेका हुन्।
‘संविधानको अभ्यासमा राम्रा, नराम्रा र जटिलता केलाएर नराम्रा कुरा संशोधन गर्ने भनिएको हो। समावेशी चरित्रको राज्य निर्माण गर्ने र त्यसलाई थप सुदृढ गर्ने हो।’, उनले भने, ‘कतिपय कमरेडहरूले संविधान संशोधन गर्ने कुरालाई पश्चगमन देख्नुहुन्छ। तर त्यसो होइन। अग्रगमनका लागि संविधानलाई थप उन्नत बनाउन गर्ने हो।’
नेता लेखकले संविधान संशोधन दुई ठूला दलले गर्ने मात्र पनि आफूहरूले नभनेको बताए। ‘यो दुईवटा वा एउटा पार्टीले मात्र गर्ने भनिएको होइन। सबै दललाई समेत समावेश गरेर सहमतिका आधारमा गर्ने भनिएको हो’, उनले भने, ‘यसमा पहल मात्र हामीले लिएका हौँ।’




