देश

प्राधिकरणले फेरि तीन उद्योगको लाइन काट्यो

काठमाडौं । विद्युत् बक्यौता विवाद उत्कर्षमा पुगेकै बेला नेपाल विद्युत् प्राधिकरणले फेरि तीन ठूला उद्योगको विद्युत् लाइन काटेको छ । विद्युत् बक्यौता बापतको रकम नतिरेको भन्दै प्राधिकरणले मंगलबार राती ती उद्योगहरूको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार मंगलबार साँझ रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटिएको छ । विद्युत् बक्यौता तिर्नुपर्ने समयावधि घर्किएपछि लाइन काटेको प्राधिकरणको भनाइ छ । ‘हामीले आज साँझसम्मको समय दिएका थियौं । तर, बक्यौता तिर्नु छोडेर उहाँहरु पत्रकार सम्मेलनमा लाग्नुभयो, साँझसम्म कुर्दा पनि बक्यौता नतिरेपछि हामीले लाइन काटेका हौं,’ प्राधिकरणले भन्यो ।

प्राधिकरणका अनुसार विद्युत्को लाइन काटिएका तीन उद्योग मध्ये रिलायन्सले सबा ६० करोड, घोराहीले साढे ४० करोड र अर्घाखाँचीले पौने ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । प्राधिकरणले यसअघि पनि बक्यौता नतिरेको भन्दै ६१ वटा उद्योगको लाइन काटेको थियो । तर, सरकारले उद्योगीहरूको दबाबपछि डेडिकेटेड र ट्रंकलाइन महसुल समस्या समाधानका लागि आयोग बनाएपछि लाइन पुन : जोडिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *