
दाङ । दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको ।
राजपुर गाउँपालिका–२ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना सँगै रहे पनि एक जनालाई बाढीले बगाएको हो भने दुई जना सिमलको रुखमा चढेका थिए ।
नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए । राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्दार गरिएको हो । उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।