खेलकुद

सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गेकाे छ । उक्त निर्णय जुलाई १ देखि लागू भएको छ ।

सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । उच्च अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो ।

क्यानले यसै वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ ।

पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी ग्रेडिङमा समावेश थिए । ग्रेड एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *