खेलकुद

अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा

काठमाडौँ । टर्की युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अष्ट्रियालाई २–१ गोलले हराउँदै टर्की अन्तिम आठमा पुगेको हो ।

टर्कीलाई जित दिलाउन दुबै गोल मेरिह डेमिरालले गरे । अष्ट्रियाका माइकल ग्रेगोरिचले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा नै डेमिरालले गोल गर्दै टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा उनले गोल गर्दै अग्रता दोब्बर पारे । यता ६६ औं मिनेटमा माइकलले गोल फर्काएपनि अष्ट्रियाको हार टार्न सकेनन् । टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *