राजनीति

सत्ता फेरबदलको चर्चाः एमाले अध्यक्ष ओलीले पार्टीका मन्त्रीलाई बालकोट बोलाए

काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन्।

ओलीले एमालेबाट मन्त्री बनेकाहरुलाई आफ्नो निवास बालकोट बोलाएको एक मन्त्रीले पुष्टि गरे।

सत्ता समीकरण फेरबदल हुन चर्चा चलिरहेका बेला मन्त्रीहरुलाई बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

६ बजेका लागि बालकोट बोलाइएको र आफू जाँदै गरेको ती मन्त्रीले बताए। तर उता (बालकोट) बाट छलफलको विषय जानकारी नदिइएको उनले बताए।

शनिबार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि सत्ता समीकरणको कसरत भइरहेको चर्चा चलिरहेको छ। यसैबीच आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफल समेत गरेका हुन्।

यता नेपाली कांग्रेसले पनि सरकार गठनका लागि अन्य दलहरुसँग छलफल भइरहेको बताएको छ।

अहिले प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट ८ जना मन्त्री छन् ।मन्त्रीहरु बालकोट जानुअघि मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *