राजनीति

यस वर्ष त म प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन्:अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिएर बाहिरिने क्रममा ओलीले यस्तो जवाफ दिएका हुन् ।

पत्रकारहरुले प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भनेर सोधेको प्रश्नमा जवाफ दिने क्रममा ओलीले भनेका थिए–‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन् ।’ यद्धपी प्रधानमन्त्री बन्ने चर्चा हुनु राम्रो कुरा भएको उनको प्रतिक्रिया छ । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने चर्चाबीच ओलीको यस्तो भनाई बाहिरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *