राजनीति

सरकार गठन गर्नेबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो ।

शनिबार साँझ देउवा-ओलीको बालकोट भेटपछि सत्ता समीकरण फेरिनसक्ने चर्चाबीच बोलाइएको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ ।

पछिल्लो समय ओलीसँग देउवाको बाक्लिएको भेटले दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *