
काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले भ्रामक र आपत्तिजनक सामाग्री प्रसारण गरेको भन्दै विभिन्न ९ वटा टेलिभिजनविरुद्ध उजुरी दिएकी छन् ।
उनले प्रेस काउन्सिलमा नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १५ मा पक्राउ परेका बेचन झासँग जोडेर भ्रामक सामग्री प्रसारण गरेको भन्दै उजुरी दिएकी हुन् ।
आरजुले भ्रामक समाचार हटाएर चरित्र हत्या गर्ने मनसायले झुटो सामग्री प्रकाशित–प्रसारण गरेका सञ्चारमाध्यमहरूलाई कारबाही गर्न माग गरेकी छन् ।
