देश

६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन : सीआईबी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्नता नभेटिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई प्रतिवादी बनाउन नपर्ने निष्कर्ष निकालेको छ । २०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन तस्करी प्रकरणको अनुसन्धानमा दिपेशको संलग्नता नभेटिएको सीआईबीले जनाएको छ ।

सोही आधारमा दिपेश पुनलाई प्रतिवादी नबनाइएको सीआईबीले बताएको छ । सीआईबीले यस प्रकरणमा अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ । यस प्रकरणमा नेपाली, भारतीय र चिनियाँसमेत गरी २६ जना अझै फरार छन् । सोमबार सीआईबीले पत्रकार सम्मेलन गरी यसबीचमा ब्रेकशु र इलेक्ट्रोनिक सामानमा गरी करिब ३२ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *