
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली काँग्रेस र नेकपा (एमाले) का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली काँग्रेस र नेकपा९एमाले०का शीर्ष नेताहरुबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन् । उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताए ।
उनले संविधान संशोधनसम्मका लागि काँग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए । उनले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गर्नुपर्ने बताए ।
उनले भने – ‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली काँग्रेस तथा नेकपा (एमाले) का शीर्ष नेताहरुबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलहरूका बीच संवाद र सहकार्य आवश्यक छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठूला दलहरू बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।’
उनले काँग्रेस एमालेका शीर्ष नेताहरुकाबीचमा भएको भेटवार्तालाई सकारात्मक रुपमा लिन आग्रह पनि गरे ।