
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिक थापाको थुनछेक बहस आज (सोमबार) हुँदैछ । काठमाडौं प्रहरीले आइतवार जिल्ला अदालत काठमाडौंमा पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक थापा र बेचन झालाई आइतवार अदालतमा पेस गरिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त रजौरेले प्रतिकको आज थुनछेक बहस हुने जानकारी दिए । प्रतिकको यसअघि नै अनुसन्धान भएर अभियोजन भइसकेकाले अदालती बयान र त्यसपछि थुनछेक बहस हुन लागेको उनले बताए । थुनछेक बहसले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा छाड्ने आदेश गर्नेछ ।
यता अदालतले झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बेचनको हकमा यसअघि स्पष्ट ठेगाना नखुलेकाले पर्याप्त अनुसन्धान हुन सकेको थिएन । प्रहरीले अनुसन्धान गरेर उनीमाथि अभियोजन गरेपछि मात्र मुद्दा चल्नेछ ।