काठमाडौं । भेनेजुएलाले कोपा अमेरिकाको लिग चरणमा सबै तीन खेल जितेको छ । उसले सोमबारको खेलमा जमैकालाई ३–० ले हरायो र अधिकतम नौ अंक बटुल्यो । भेनेजुएलासँगै इक्वेडर पनि समूह ‘बी’ बाट अन्तिम आठमा पुगेको छ । इक्वेडरले अर्को खेलमा मेक्सिकोलाई गोलरहित बराबरीमा रोक्यो ।
इक्वडेर र मेक्सिको दुवै समान चार अंकमा रहे । इक्वडेर गोल अन्तरले दोस्रोमा रहेको हो । जमैका भने तीनै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो । भेनेजुएलाको जितमा एडुवार्डो बेलो, सोलोमन रोनडोन र इरास्मो रामिरेजले गोल गरे । खेलका तीनै गोल दोस्रो हाफमा भएको हो ।



