राजनीति

नेपाल पेचिलो परिस्थितिमा छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन् । उनले मुलुकलाई युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिइरहेको दाबी गरे ।

आज (आइतबार) काठमाडौंमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताए । उनले नेपाल सुन्दर र स्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए ।

उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए । उनले नेपालमा रहेको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको बताए । नेपालका श्रमिक जनताका चाहनाहरू अधुरै रहेको पनि उनले बताएका छन् । महासचिव चन्दले नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *