राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् कार्यसूची ?

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आज (आइतबार) दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *