खेलकुद

इटालीलाई हराउदै स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

काठमाडौँ । स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए ।

योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ ।

अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *