देश

लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी प्रहरीको नियन्त्रणमा

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।

लालिगुराँस सहकारी ठगीसम्बन्धी छानविन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ । उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताको ६ अर्बभन्दा बढी रूपैयाँ अपचलन प्रहरीले निष्कर्ष निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *