खेलकुद

मेक्सिकोलाई हराउँदै भेनेजुएला कोपा अमेरिकाको अन्तिम ८ मा

काठमाडौं। भेनेजुएला कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको सोफि स्टेडियममा आज बिहान भएको खेलमा मेक्सिकोलाई १-०ले हराउँदै भेनेजुएला अन्तिम आठमा प्रवेश गरेको हो।

भेनेजुएलाको जितमा साल्मोन रोन्डोनले ५७औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो। अधिकांश समय दबाबमा राखेको मेक्सिकोले गोल गर्न भने सकेन।

आजै ग्रुप बी अन्तरगत भएको पहिलो खेलमा इक्वेडरले जमैकालाई ३-१ गोलले हराएको थियो। कोपा अमेरिकामा विश्व नम्बर एक अर्जेन्टिना एक खेल अगावै अन्तिम आठमा प्रवेश गरिसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *