राजनीति

पञ्चायती शैलीमा बजेट पास गर्नुको कुनै अर्थ छैन:भीम आचार्य

काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले विनियोजित बजेटमा विभेद भएको भन्दै सच्याउन आज पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्यले पञ्चायती शैलीमा हुन्छ र हुँदैन्को भरमा बजेट पास गर्नुको कुनै अर्थ नभएको बताए ।

‘यो बजेट पारित भए हुन्छ के ? नभए के हुन्छ ? । पञ्चायती शैलीमा हुन्छ । हुँदैनको शैलीमा विभेदकारी बजेट पारित गर्नुको अर्थ छैन् । कहिँ अर्बौ बजेट अन्याएको छ । कहिँ एक शुका पनि छैन्’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *