खेलकुद

कोपा अमेरिका : कोलम्बियाले पराग्वेलाई हरायो, कोस्टारिका र ब्राजिलको खेल जारी

काठमाडौं । कोपा अमेरिकामा कोलम्बियाले विजयी शुरूवात गरेको छ । आज (मंगलबार) बिहान भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गरे ।

३२ औं मिनेटमा मुनोजले गोल गर्दै शुरूवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा जेफरसनले गोल गर्दै अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् । जितसँगै कोलम्बिाले समूह ‘डी’ मा ३ अंक बटुलेको छ । अहिले ब्राजिल र कोष्टारिकाबीचको खेल भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *