खेलकुद

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बंगलादेश समक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो ।

एर्नोस भेले ग्राउन्डमा जारी खेलमा अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको पारी खेले भने अन्य कुनै पनि खेलाडी बंगलादेशी बलरहरूका सामु धेरैबेर टिक्न सकेनन् ।

अजमतुल्लाह ओमरजाई १०, मोहम्मद नाइब १, इब्राहिम जदरान १८ रनमा आउट भए भने कप्तान राशिद खानले नट आउट रहँदै १९ र करिम जनतले नट आउट रहँदै ७ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले सर्वाधिक ३ विकेट लिँदा तन्जिम हसन शाकिब र मस्तफिजुर रहमानले समान १-१ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *