देश

बागमती मन्त्रीपरिषद् निर्णय : दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए ।

यस्तै आजकै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ पनि स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्न अघि सारेको विषयलाई आजको बैठकले अस्पताल निर्माण अध्ययनका लागि नीतिगत सहमति दिएको पनि श्रेष्ठले बताए ।

बैठकले आयुर्वेद औषधी उत्पादन संहिता र आयुर्वेद औषधीको लेबल डिजाइन समेत स्वीकृत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *