मुख्य समाचार

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । त्यसअन्तर्गत शुक्रबार पनि विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *