देश

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाई

काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाई प्रदान गरिएको छ ।

यसअघि महाशाखा प्रमुख रहेको डा. टोकराज पाण्डे थिए । उनलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई कुनै जिम्मेवारी दिइएको थिएन । अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

प्रशासन प्रमुखबाट हटाइएका डा. पाण्डे अर्थ मन्त्रालयमै रहेपनि जिम्मेवारी निर्धारण नगरिएको स्रोतले जनाएको छ ।

सापकोटा यसअघि भन्सार विभागको महानिर्देशक तथा राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । उनले भरतपुर महानगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा पनि काम गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *