देश

झोलुङ्गे पुलका लट्ठा चुँडिदा बिचमै अडिए १४ खच्चर

काठमाडौं । अछाम र दैलेख जोड्ने झोलुङ्गे पुलका लट्ठा चुँडिदा १४ खच्चर बिच पुलमा अडिएका छन् ।

अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाडा र दैलेखको आठवीस नगरपालिका वडा नम्बर ४ जोड्ने पुलका लट्ठा चुँडिएका हुन् ।

अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ ।

अहिले उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएको अछाम प्रशासनले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *