देश

बम्जनको मुद्दामा पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश

रौतहट । बाल यौन शोषण मुद्दामा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेको तपस्वी रामबहादुर बम्जनको मुद्दामा सर्लाही जिल्ला अदालतले पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश दिएको छ ।

आज (शुक्रबार) जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले पीडित बालिकाको जन्मदर्ता प्रमाणपत्र पेश गर्न आदेश दिएको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । सर्लाही जिल्ला अदालतमा वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मलंगवाका जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गरेका थिए । यस्तै प्रतिवादीको तर्फबाट सीताराम घिमिरे, दिलिप झा, मनोहर झालगायतका कानुन व्यवसायीले बहस गरेका थिए ।

बाल यौन शोषण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेश अनुसार बम्जन गत पुस २६ गतेदेखि पुर्पक्षका लागि महोत्तरी कारागारमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *