देश

नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए सपथ

जनकपुरधाम।मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका हुन् ।

शुक्रबार जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीको १ गरी ५५ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *