
काठमाडौं।दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन्।
उनले सेनाका जवान शालिकराम बुढाथोकीले शुक्रबार बिहान तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका हुन्। घटनापछि सेनाका जवान फरार छन्।
खुकुरी प्रहार गरि शालिकरामले श्रीमती टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
‘खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि उनी खुकुरीसहित फरार भएको भन्ने छ,’ थापाले भने, ‘ स्थानीयले हातमा खुकुरी लिएर हिँडिरहेको देखेको बताएका छन्। स्थानीय पनि त्रसित छन्।’
उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।