देश

प्रतिनिधिसभा बैठकमा तीन विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् ।

सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेका विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *