बागमती प्रदेश

नयाँ भवनकाे अलोकप्रिय निर्णय, स्थानीय जनतासंग सामान्य छलफल समेत नगरी डम्पिङ साइट निर्माणको टेन्डर आव्हान

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले स्थानीय सरोकारावालाहरुसँग समेत छलफल नगरी फोहोरमैला व्यवस्थापनका लागि टेन्डर आव्हान गरेपछि नगरपालिकाको कार्यशैलीप्रति एकता युवा समुहले चर्को आलोचना गरेको छ ।

फोहोर व्यवस्थापनका लागि मण्डनदेउपुर नगरपालिकाले २०८१ जेष्ठ १ गते स्थानीयवासीहरुसँग छलफल नगरी टेन्डर आव्हान गरेपछि स्थानीयवासीसहित एकता युवा समुहले नगरपालिकाले निरङकुश शैलीमा निर्णय गरेको भन्दै आपत्ति जनाएको हो । मण्डनदेउपुर नगरपालिकाको वडा ७ / ९ को बीचमा पर्ने सल्लेरी बगुवा सामुदायिक वनभित्र फोहोरमैँला व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गर्न लागेपछि स्थानीय वन उपभोक्ताहरु, स्थानीय आमा समूह, युवा समूह लगाएत आम सरोकारवालाहरुले गम्भिर आपती जनाएका हुन् ।

उक्त स्थानमा डम्पिङ साइट निर्माण गर्ने सुचना पाएपछि जनस्वास्थ्यमा असर पर्ने तथा वातावरणीय क्षेत्रलाई समेत असर पर्ने भन्दै एकता युवा क्लवका अध्यक्ष विष्णुमणी नेपालसहित सरोकारवाला स्थानीयहरुले नगर प्रमुखलाई उक्त स्थानमा डम्पिङ साइट निर्माण गर्न उपयुक्त नरहेको कारण सहित ज्ञापन पत्र बुझाएका थिए । तर नगरप्रमूखले स्थानीयवासीको आवाजलाई नजरअन्दाज गरी एकल निर्णय गरेपछि नगरप्रमुखको कार्यशैलीप्रति प्रश्न चिह्न खडा भएको हो ।

स्थानीय सरकारले नागरिकहरुको आवाजलाई सुनेर उनीहरुलाई सहज पर्ने स्थानमा डम्पिङ साइड निर्माण गर्नु उपयुक्त हुन्छ । विगत ३० वर्ष अघिदेखि घर लौरो गरेर संरक्षण गरेको वन क्षेत्रमा डम्पिङ साइट निर्माण जस्तो जनताको स्वास्थ्य र भावनामा प्रतिकुल असर गर्ने पर्यावरणलाई नष्ट गर्ने अलोकप्रीय र अव्यावहारिक निर्णयको एकता युवा समूहले घोर भर्त्सना गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *