खेलकुद

क्रिकेटर लामिछानेलाई भिसा दिलाउन जनदबाब

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका जाने भिसा दिन माग्दै बुधबार उनका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका छन् । ‘भिजा फर सन्दीप लामिछाने’ भन्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनको नाम ‘क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिलाउन सरकारलाई जनदबाब आन्दोलन–२०८१’ राखिएको छ । क्रिकेटर लामिछानेलाई भिसा दिलाउन उनीहरूले दबाबसहित विरोध प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा सन्दीपले नेपाललाई विश्व क्रिकेटमा चिनाए, भिजा फर सन्दीप लामिछाने, क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० वल्र्डकप खेल्नबाट वञ्चित गराउने षड्यन्त्रविरुद्ध एकजुट होऔं र नेपाल र अमेरिका असल मित्र राष्ट्र हो, एकअर्काको सम्मान गरौं भन्ने जस्ता नाराहरू लगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *